१० कार्तिक २०८३, मंगलबार

पार्टी कार्यालय जलाउने कार्य उछृङ्खल : कांग्रेस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

congressकाठमाडौं, २२ भदौ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले सोमबार धनुषाको जनकपुरस्थित जिल्ला कार्यालयमा तोडफोड तथा आगजनी गरी क्षति पुर्‍याएको कार्यलाई उछृङ्खल कार्यको संज्ञा दिँदै भत्र्सना गरेको छ ।

कांग्रेसले आज विज्ञप्ति जारी गरेर जनक चोकबाट ठूलो संख्यामा लाठीसहित आएका आन्दोलनकारीहरूले पेट्रोल छर्केर गरेको आगजनीबाट जिल्ला कार्यालय पूर्ण रुपमा ध्वस्त भएको जनाएको छ ।

आगजनीबाट कार्यालयका सम्पूर्ण सामान, महत्वपूर्ण दस्तावेज, कागजात, कम्प्युटर, फ्याक्स, टेलिफोन, फर्निचर र घरको झ्यालढोका तथा छाना समेत जलेर लाखौँ रुपियाँको क्षति पुगेको कांग्रेसले जनाएको छ ।

‘शान्तिपूर्ण रुपमा आफ्ना मागहरू राख्न पाउने संवैधानिक अधिकार सबै नेपालीमा निहीत रहेको छ’, कांग्रेसले भनेको छ, ‘आफ्ना माग राख्दा अरुको अधिकारमाथि हस्तक्षेप गर्न कसैलाई पनि छुट छैन । आन्दोलनका नाममा— लोकतान्त्रिक आन्दोलनका महानायक गिरिजाप्रसाद कोइरालाको शालिक तोडफोड, राजनीतिक दलहरुका कार्यालय, नेताहरुको आवास, सरकारी कार्यालयहरु लगायत आम नागरिकको निजी सम्पत्तिमा क्षति पु¥याउनु अत्यन्त निन्दनीय र दुःखदायी घटनाको रुपमा कांग्रेसले लिएको छ ।’

कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले पूर्णता पाउन लागेको यस घडीमा आन्दोलनका नाममा भएका यस्ता अराजक र उच्छृंखल घटनाको नेपाली कांग्रेस घोर भत्र्सना गरेको जनाएको छ ।

‘राष्ट्रप्रति आफ्नो कर्तव्य र जिम्मेवारीको बोध गर्दै यस्ता घटनाहरू पुनः नदोहोर्‍याउन तथा वार्ता र संवादका माध्यमबाट नै राजनीतिक निकास खोज्न कांग्रेस आन्दोलनरत दलहरू र आन्दोलनकारीहरूलाई आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।