१० कार्तिक २०८३, मंगलबार

एनपीएलमा आज २ खेल : चितवन र विराटनगर तथा जनकपुर र कर्णाली भिड्दै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुईवटा खेल हुँदै छ ।

आजको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्नेछन् ।

विराटनगर र चितवनबीचको खेल दिउँसो १२ः३० बजे हुनेछ भने कर्णाली र जनकपुरबीचको खेल साँझ ५ बजेबाट सुरु हुनेछ ।

दुवै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

हिजोदेखि सुरु भएको प्रिमियर लिगको पहिलो खेलमा लुम्बिनी लायन्सले ७ विकेटको जित निकाल्दा सुदूरपश्चिम स्तब्ध बनेको थियो ।