रूपन्देही । लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ गएराति पक्राउ परेका छन् ।
लुम्बिनी विकास कोषको नवनियुक्त उपाध्यक्ष आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्दै आएका खाँलाई प्रहरीले मध्यरातमा घरबाटै पक्राउ गरेको हो ।
उनलाई मध्यराति घरमा सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेर लगेको अभियानका सहसंयोजक रामविकास चौधरीले जानकारी दिए ।
आनीको नियुक्ति भएदेखि नै महाअभियानले विरोध गर्दै चरणबद्व आन्दोलन गरिरहेको छ ।
मध्यरातमा संयोजकमाथि गरिएको धरपकडप्रति महाअभियानले सरकारको कदमको कडा शब्दमा भ्रत्सना गर्दै निःशर्त रिहाइको माग गरेको छ ।















प्रतिक्रिया