१० कार्तिक २०८३, मंगलबार

चुरेभावरद्वारा प्रहरीलाई डेरा नदिने निर्णयप्रति आपत्ति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

badri-prsad-nyupane-300x180काठमाडौं, २२ भदौ । चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन रौतहटको नाममा रौतहट जिल्लामा प्रहरी र तिनका परिवारलाई डेरा बस्न नदिन र बसेको भए पनि तत्काल खालि गर्न गरेको आब्हानप्रति आपत्ति प्रकट गरेको छ ।

पार्टी अध्यक्ष बद्रीप्रसाद न्यौपानेले आज (मंगलबार) विज्ञप्ति प्रकाशित गरी त्यस्तो कार्य तत्काल बन्द गर्न आग्रह गर्दै अन्यथा त्यस्ता निर्णयविरुद्ध कडा कदम चाल्ने चेतावनी दिनु भएको छ ।

मुलुकको जुनसुकै भू–भागमा बस्न पाउने हकलाई संविधानले सुनिश्चित गरेको अवस्थामा एउटा नेपाली नागरिक समेत रहेको मुलुकको सुरक्षामा दिनरात नभनि खट्ने सुरक्षाकर्मीलाई अपमान र हतोस्ताहित गर्ने योजना स्वरुप गरिएको आब्हानको चुरे भावरले घोर निन्दा र भत्र्सना गरेको छ ।