३० आश्विन २०८३, शुक्रबार

उत्तर र दक्षिण कोरियालीबीच पारिवारिक पुनर्मिलन कार्यक्रम सुरु, अब युद्ध नगर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kim-jong-unसोल, २२ भदौ । कोरियाली युद्धका कारण अलग्गिएर उत्तर र दक्षिण कोरियामा बसिरहेका परिवारका सदस्यहरुबीचको पारिवारिक पुनर्मिलन आगामी अक्टोबर महिनामा हुने भएको छ ।

आगामी अक्टोबर महिनामा करिब हप्ता दिनका लागि सो कार्यक्रमको आयोजना गर्ने विषयमा मङ्गलबार दबै देशबीच सहमति भएको समाचारमा जनाइएको छ ।

यस प्रयोजनका लागि दुवै देशबीच सोमबारबाट वार्ता सुरु भएको थियो । सो वार्ताले अक्टोबरको २० देखि २६ तारिखसम्म सो कार्यक्रम सञ्चालन गरिने जानकारी मङ्गलबार सम्पन्न वार्तापछि दिइएको छ ।

यस प्रयोजनका लागि उत्तर र दक्षिण कोरियाका रेडक्रस अधिकारीहरुबीच सोमबारबाट वार्ता सुरु भएको हो । मङ्गलबार यस विषयमा सहमति भएको बताइएको छ ।

कोरियाली युद्वका कारण यी दुई देश अलग बनेका थिए । देश छुट्टिएर उत्तर र दक्षिण बन्दा आ– आफ्नो देशमा परेपछि परिवार नै छुट्टिएर बस्नु परिरहेको छ ।

सोही कारण अलग भएर बसेका परिवारका सदस्यहरुका लागि यो पुनर्मिलनको आयोजना हुन लागेको हो । सो पुनर्मिलन कार्यक्रम उत्तर कोरियाको माउन्ट कुमजान रिसोर्टमा आयोजना हुने भएको विषयमा सहमति भएको बताइएको छ ।

दक्षिण कोरियाको एकीकरण मन्त्रालयले सो वार्तापछि यस विषयमा सहमति भएको जानकारी दिएको छ । उक्त मिलनका लागि समय र स्थानको छनोट गर्न सो वार्ता भएको थियो ।

यी दुई कोरियाबीच सन् १९५० देखि १९५३ सम्म तीन वर्षसम्म भएको क्रान्तिका क्रममा दशौँ लाख नागरिक अलग्गिएर बस्नुपरेको छ ।

दक्षिण कोरियाले यस कार्यक्रम सेप्टेम्बर महिनामा नै आयोजना गर्न प्रस्ताव गरेको थियो । तर त्यसमा उत्तरले असहमति व्यक्त गरेको थियो ।

उत्तर कोरियाको सत्तारुढ दलले आगामी अक्टोबर महिनाको १० तारिखमा पार्टीको स्थापनाको ७० औँ वर्षगाँठ मनाउने तयारी गरिरहेको र समय नहुने भनेपछि उक्त कार्यक्रम पछि सारिएको वार्तामा सहभागी दक्षिण कोरियाका सरकारी अधिकारीले जनाएका छन् ।

पहिला एकै परिवार रहेका तरपनि पछि छुट्टिएर बस्नुपरेका सदस्यका लागि यी दुई देशले समय समयमा पुनर्मिलन कार्यक्रम राख्ने गरेका हुन् । यसरी राखिने समारोहमा उनीहरुले आफन्तलाई भेट्ने र केही दिनका लागि सँगै बस्ने अवसर पाउने गर्छन् ।

यसरी अलग भएर बस्नु परिरहेका सदस्यहरुको सङ्ख्या हजारौँ रहेको छ । तर पनि ती सबैलाई यो कार्यक्रममा सहभागी हुन भने दिइँदैन । उनीहरुमध्येका केही सयलाई मात्र यस पुनर्मिलनमा सहभागी हुन दिइन्छ ।

यो भेटका लागि दुवै देशका १००÷१०० जना व्यक्ति छनोट गरिने छ । उनीहरुलाई छनोट गरिने अधार भने खुलाइएको छैन ।

यस अघि सो कार्यक्रम सन् २०१४ को फेब्रुअरीमा भएको थियो । त्यस समयमा भने ती सहभागीको नाम कम्प्युटरबाट छनोट गरिएको थियो ।

सुरुमा ५०० जना छनोट गरिएको र पछि मेडिकल जाँच एवम् अन्य परीक्षण गरी अन्तिममा २०० जना छनौट गरिएको समाचारमा जनाइएको थियो ।

यो पारिवारिक विछोडको क्षण भएकोले यस कार्यक्रमको सहभागिता प्रायः अत्यन्तै पीडादायक हुने गर्दछ । वर्षौँपछि भेट हुन पाउँदा आफन्तहरुको यो क्षण अत्यन्तै भावनात्मक हुने गर्दछ । रासस÷एएफपी