काठमाडौं, २२ भदौ । नयाँ संविधानको विधेयकमाथि आजदेखि छलफल सुरु हुँदैछ । संविधानसभा भवन नयाँ बानेश्वरमा आज बस्ने संविधानसभा बैठकमा संशोधन प्रस्ताव दर्ताकर्ताहरूलाई समय दिइनेछ ।
संविधानको विधेयकमा दर्ता भएका संशोधन प्रस्ताव राख्न समय दिएपछि विधेयकमाथि दफावार छलफल सुरु हुनेछ ।
कांग्रेस, एमाले र एमाओवादीले संयुक्त रुपमा दर्ता गराएको संशोधन प्रस्तावले पनि थारु र मधेशीका माग सम्बोधन नगरेको भन्दै मधेशी जनअधिकार फोरम नेपालले प्रक्रियालाई भने बहिष्कार गर्ने जनाएको छ ।












प्रतिक्रिया