१ कार्तिक २०८३, शनिबार

‘आन्दोलनमा हतियारधारी पनि आउन सक्छन्, राम्रोसँग डियुटी गर्नुहोला भन्दै सम्झाए, पर्खी राखे…तर उहाँको फोन आएन्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इन्सपेक्टर बोहराकी श्रीमती शारदा बोहरा र छोराहरू बेलौरी घरमा

‘मेरो मनले मानेन् मैले फेरि ११ बजे फोन गरे उहाँले फोन काट्नुभयो । मैले सोँचे व्यस्त हुनुहोला, खाली भएपछि, फोन गर्नुहोला । पर्खी राखे… पर्खी राखे…तर फोन आएन्’, बोहराकी श्रीमती शारदाले गहभरि आँसु चुहाउँदै भन्नुभयो, ‘मलाई शंका लागेर मैले देबर नवीन, फुपाजुलगायत आफन्तहरूलाई श्रीमानको अवस्थाबारे बुझ्न आग्रह गरे । उहाँको अवस्थाबारे सबैले पहिल्यै थाहा पाए, तर मँसग भनेका थिएनन् । मैले अफिसमा टिभी हेरे टिभीमा एसएसपी न्यौपानेसहित दुई जना इन्सपेक्टरसहितको हत्या भएको समाचार सुने । मेरो मन बहकियो । कार्यालय समयकै बीचमै घर गए ।’ म घर पुग्दासम्म मेरो घरमा मानिसहरू जम्मा भएका थिए । मलाई थाहा भयो, श्रीमान् पनि बाँच्नुभएन् । श्रीमान् पाउने आशा टुट्योभन्दै शारदाले फेरि गहभरि आँसु चुहाउँदै…कुन बैरीले हाम्रो खुसी लुट्यो ।