१० कार्तिक २०८३, मंगलबार

नदीजन्य सामग्री उत्खनन गर्ने ट्र्याक्टर कारबाहीमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २२ भदौ । नियम विपरीत नदीजन्य सामग्री उत्खनन गर्ने सातवटा ट्र्याक्टरलाई प्रहरीले सोमबार झापाको शनिश्चरेबाट नियन्त्रणमा लिएको छ ।

स्थानीय विकास मन्त्रालयले चुरे क्षेत्र संरक्षणका लागि भन्दै गत असार, साउन र भदौ महिनाभरि नदीनालाबाट नदीजन्य सामग्री उत्खनन गर्न रोक लगाएको छ तर निर्णयलाई अटेर गर्ने सातवटा ट्र्याक्टर नियन्त्रणमा लिएर कारबाहीका लागि जिल्ला विकास समिति झापा पठाएको शनिश्चरे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सार्कीधन राईले बताउनुभयो ।

बुधबारे इलाका वन कार्यालय शनिश्चरेका रेञ्जर दीपकसेन भण्डारीसहितको टोलीले विरिङ र टाङ्टिङ निदीबाट ल्याएको ढुङ्गा र बालुवासहित ती ट्र्याक्टर नियन्त्रणमा लिएको हो । रासस