काठमाडौं, ६ असार । नेकपा एमाले संसदीय दलका नेता एवं अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीले आज विशेष पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ ।
दिउँसो २ बजे काठमाडौंको बानेश्वरमा ओलीले पत्रकार सम्मेलन आयोजना गरेका हुन् । सम्मेलनमा महाधिवेशनका सन्दर्भमा विशेष घोषणा हुन सक्ने बताइएको छ ।
नेता ओलीले पार्टीलाई एकताबद्ध बनाउने विषयमा आफ्ना धारणा सार्वजनिक गर्दै महाधिवेशनका लागि अपिल गर्न लाग्नुभएको पत्रकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
थाइल्याण्डबाट उपचार गरेर फर्किएपछि एकपटक मात्र औपचारिक कार्यक्रममा देखिएका ओली अहिले महाधिवेशनको आन्तरिक छलफलमा बढी व्यस्त हुनुहुन्छ ।















प्रतिक्रिया