१० कार्तिक २०८३, मंगलबार

तीर्थालु सवार बस दुर्घटना, छ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhadingधादिङ, २१ भदौ । बाह्रबर्से गोदावरी मेला भरेर फर्किएका तीर्थालु सवार बस आज साँझ धादिङको जीनवपुर गाविस–५ च्यूरीमोडमा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

उनीहरुको सनाखत भएको छैन । बीस भन्दा बढी घाइतेलाई थप उपचारका लागि राजधानीको वीर अस्पताल पठाइएको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रेमबन्धु पोखरेलले बताउनुभयो ।

बा२ख २३२१ नम्बरको उक्त बस टायर पड्किएर दुर्घटनामा परेको बताइएको छ । दुर्घटनास्थलमा उद्धारमा खटिएका स्थानीयका अनुसार सो बसमा ४० भन्दा बढी तीर्थालु रहेका थिए । रासस