१० कार्तिक २०८३, मंगलबार

कांग्रेसको रुकुम जिल्ला कार्यसमितिले सामूहिक राजीनामा दियो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

congressकाठमाडौं, २१ भदौ । रुकुम जिल्लालाई टुक्राउने गरेर संविधानको विधेयक तयार भएपछि असन्तुष्ट नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुकुमले आज सामूहिक राजीनामा दिएको छ ।

कांग्रेस रुकुमका सभापति मानबहादुर नेपालीसहितको दर्जन सदस्य र महाधिवेशन प्रतिनिधिहरूले काठमाडौंमा पार्टी सभापति सुशील कोइरालालाई राजीनामा बुझाएका हुन् ।

उनीहरूले कांग्रेस जिल्लालाई अखण्ड राख्नका लागि पहल नगरेको आरोप लागेपछि समूहिक राजीनामा दिन बाध्य भएको जनाएका छन् ।

कांग्रेसको संसदीय दलको कार्यालयमा पनि रुकुम जिल्लाबाट प्रतिनिधित्व गर्ने कांग्रेसकी सांसद मीठ्ठू मल्लसहितका सांसदले संशोधनका लागि निवेदन दिएका थिए ।

तर रुकुम जिल्लालाई टुक्राउने प्रमुख दलहरूले सहमति गरेपछि आफूहरूलाई जिल्लामा राजनीति गर्न समस्या रहेको उनीहरूले बताएका छन् ।