इलाम, २१ भदौ । सामाजिक सद्भाव बिथोलिने किसिमका कुनै पनि गतिविधिमा संलग्न नहुन नेकपा (एमाले) जिल्ला कमिटी इलामले आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ ।
मुलुक संविधान निर्माणको अन्तिम चरणमा रहेकाले संविधान विरोधी क्रियाकलाप र सद्भाव भड्काउनेखालका कुनै पनि क्रियाकलापमा संलग्न नहुन निर्देशन दिएको हो ।
नेकपा (एमाले) जिल्ला कमिटी इलामका अध्यक्ष राम रानाले संविधान निर्माणको यो विशिष्ट परिस्थितिमा जिल्ला तहमा सामाजिक सद्भाव बिथोलिने किसिमका कुनै पनि गतिविधिमा संलग्न नहुन जिल्ला कमिटी मातहतका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी सदस्य एवम् शुभचिन्तक, समर्थकलाई निर्देशन दिइएको बताउनुभयो ।
संविधान निर्माण प्रक्रियामा अवरोध पु¥याउने किसिमका गतिविधि र सामाजिक सद्भाव बिथोल्नेखालका जुनसुकै कार्यमा नेता, कार्यकर्ता, पार्टी सदस्य सहभागी भएको पाइएमा पार्टी केन्द्रको विशेष निर्देशनबमोजिम कारबाही हुने रानाले बताउनुभयो । रासस















प्रतिक्रिया