काठमाडौँ, २१ भदौ । लागू औषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले लागू औषध २४० थान बुप्रिन नर्फिम, २४१ थान डाईजापाम र २०९ थान थेनारगन सहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुका झापा घर हुने ३२ बर्षीय देव सुव्बा, राजन राई र सुनसरी घर भएका २९ बर्षीय मदन राई रहेका छन् । उनीहरुलाई प्रहरीले आइतबार काठमाडौँ महानगरपालिका गंगबुबाट उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया