३१ आश्विन २०८३, शनिबार

दुई महिनापछि बेनी–जोमसोम सडक खुल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jomsomबाबियाचौर (म्याग्दी), २० भदौ । म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकमा दुई महिनापछि गाडी सञ्चालन हुन थालेको छ ।

म्याग्दीको दाना गाविस–२ स्थित रुप्से खोलामा पानीको सतह बढेपछि गत असार महिनादेखि उक्त सडकमा सिधा यातायात सञ्चालन हुन सकेको थिएन । सडक डिभिजन कार्यालय बागलुङले रुप्से खोलामा अस्थाई पुल निर्माण गरेपछि आइतबारदेखि सिधा सवारी साधन सञ्चालन हुन थालेको म्याग्दी जिप तथा बस ब्यवसायी समितिका उपाध्यक्ष मोहन केसीले जानकारी दिनुभयो ।

रुप्से खोलामा मोटरेबल पुल निर्माणमा ढिलाई भएर दुई वर्षदेखि खोलामा पानीको सतह बढ्दा सवारी साधन वारपार हुन सक्दैनथ्यो । उक्त खोलामा गाडी पार गराउने क्रममा सयौ सवारी साधनका इन्जिन बिग्रने समस्या थियो । अस्थायी पुल बनेपछि साना ठूलो सवारी साधन सुरक्षित रुपमा वारपार गर्न सक्ने उपाध्यक्ष केसीले बताउनुभयो ।

मुस्ताङ भ्रमण र स्याउ ढुवानीको मौसम सुरु नहँुदै सडकमा सिधा सवारी सञ्चालन हुन थालेपछि तीर्थयात्री, पर्यटक र स्याउ कृषक तथा व्यापारीहरुलाई राहत मिल्ने अपेक्षा गरिएको छ । सडक डिभिजन कार्यालयले बेनी–जोमसोम सडकको बैसरी, चमेरे, तिप्ल्याङलगायतका ठाउँमा सडक मर्मतको काम गरिरहेको छ । रासस