१ कार्तिक २०८३, शनिबार

संविधान जारी हुने मिति अब सर्दैन : अध्यक्ष ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

K P Oliभक्तपुर, १९ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी गर्ने मिति पर सारेर देशमा उभद्रो मच्चाउने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।

आज बालकोटमा वास्तुटोल सुधार समितिको पाँचौ साधारणसभा तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा उहाँले संविधान बनाउने मिति आठ वर्ष पर सार्दा पनि संविधान नबनेकाले अब पर नसारी संविधान जारी गर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “अहिले पनि संविधान जारी गर्न नदिन केही व्यक्तिहरु खिचडी पकाइरहेका छन्, अब संविधान पर सर्दैन भदौ महिनाभित्रै संविधान जारी हुृन्छ ।”

देशमा फाटो ल्याएर भाषा, जातजाति, लिङ्गको नाममा देशलाई चिराचिरा पार्ने षड्यन्त्र भइरहेको बताउँदै ओलीले भन्नुभयो, “संविधान मात्रै बनाउने होइन की देशको एकताको निम्ति, जनताको हक, अधिकार सुनिश्चिताका लागि, देशलाई चिराचिरा हुनबाट जोगाउन, जनतामा कलहको बीउ नरोपी राष्ट्रिय एकताका लागि लागिरहेका छौ ।”

कार्यक्रममा उद्योग मन्त्री महेश बस्नेतले भदौ महिनाभित्र संविधान जारी हुने दाबी गर्दै हिंसात्मक आन्दोलन समाप्त पार्नु अहिलको आवश्यकता भएको बताउनुभयो ।

कार्यक्रममा बालकोटका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । रासस