– मुकुन्द सुवेदी
प्रहरी हवल्दार पाण्डेमाथि मकैबारीबाट गोली हानिएको भएपनि स्थानीय प्रशासन र आन्दोलनकारीहरूको भने आ–आफ्नै दावी छ । स्थानीय प्रशासनले आन्दोलनकारीका तर्फबाट नै गोली हानिएको बताएको छ । झडप हुँदै गर्दा प्रहरीले बन्दुकको कुन्दाले आन्दोलनकर्मीलाई हान्दै गर्दा बन्दुक आफै चलेर गोली अर्को प्रहरीलाई लागेको थरुहट थारुवान संयुक्त संघर्ष समिति बर्दियाका संयोजक गोविन्दप्रसाद थारुले दावी गरे । संयोजक थारुले भने, ‘शान्तिपूर्ण आन्दोलनमा रहेका आन्दोलनकारीको तर्फबाट गोली हान्ने भन्ने कल्पना पनि गर्न सकिदैन ।’
















प्रतिक्रिया