जयपुर (भारत), १९ भदौ । जापानी पर्यटकलाई बलात्कार गरेको अभियोगमा तीन भारतीय नागरिकलाई २० वर्षको सजाय तोकिएको छ ।
उनीहरूले राजस्थानको प्रान्तीय राजधानी जयपुरमा भ्रमणको सिलसिलामा पुगेकी जापानी २०–बर्षीया महिलालाई उनको पथ प्रदर्शक बन्ने बहानामा सहर नजिकैको एक गाउँमा लगी बलात्कार गरेको अदालतको ठहर छ ।
सजाय पाएका सबै भारतीय २० देखि २४ वर्षका युवक भएको र उनीहरूले एकान्तमा जापानी महिलालाई लगी बलात्कार गरी भागेका थिए ।
स्थानीयले पीडित पर्यटक कराएको सुनेपछि प्रहरीको सहयोगमा उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको थियो । एपी















प्रतिक्रिया