काठमाडौं, १८ भदौ । संविधानको विधेयमा संशोधन प्रस्ताव, मधेशी र थारुहरूको मागलगायतका विषयमा चार दलका दोस्रो तहका नेताहरूले तयार पारेको प्रस्तावमा शीर्ष बैठकमा छलफल भएको छ ।
बालुवाटारमा जारी चार दलका शीर्ष नेताहरूको बैठकमा दोस्रो तहका नेताहरूले तयार पारेको सहमतिको प्रस्तावमा छलफल भइरहेको स्रोतले जनाएको छ ।
यसअघ आजै सिंहदरबारमा बसेको दोस्रो तहका नेताहरूको बैठकले सहमतिको प्रस्ताव तयार पारेका थिए ।
सहमतिको प्रस्ताव बनाउन कांग्रेसबाट रामचन्द्र पौडेल, एमालेबाट भीम रावल, एमाओवादीबाट नारायणकाजी श्रेष्ठ र फोरम लोकतान्त्रिकबाट जितेन्द्र देव जुटेका थिए ।
अहिले बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री सुशील कोइरालाका साथै एमालेका अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारको सहभागिता रहेको छ ।
बैठकले मधेशी र थारु आन्दोलनकारीले अघि सारेका मागलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको बुझिएको छ ।















प्रतिक्रिया