काठमाडौं, १८ भदौ । संविधानको विधेयमा संशोधन प्रस्ताव, मधेशी र थारुहरूको मागलगायतका विषयमा छलफल गर्न प्रमुख चार दलका दोस्रो तहका नेताहरूको बैठक सिंहदरबारमा बसेको छ ।
संसद सचिवालयमा जारी बैठकमा मधेश र थारु आन्दोलनकारीका मागलाई नयाँ संविधानको विधेयकमा समावेश गर्ने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।
दोस्रो तहका नेताहरूले तयार पार्ने संशोधनको प्रस्तावलाई शीर्ष नेताहरूले छलफल गरेपछि भोलि संसद सचिवालयमा दर्ता गराइनेछ ।
दोस्रो तहका नेताहरूको बैठक सक्किएपछि प्रधानमन्त्री निवास बालुवाटारमा आजै बेलुका चार दलका शीर्ष नेताहरूको बैठक बस्ने तयारी भएको छ ।















प्रतिक्रिया