३० आश्विन २०८३, शुक्रबार

कर नतिरिएको लाखौँ मूल्य बराबरको मदिरा नष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Raksi-Madiraइलाम, १८ भदौ । पूर्वी इलामको सीमावर्ती क्षेत्रका विभिन्न चोर बाटोको प्रयोग गरेर भन्सार नतिरी नेपाल भित्र्याइएका लाखौँ मूल्य बराबरको मदिराजन्य पदार्थ प्रहरीले नष्ट गरेको छ ।

प्रहरीले आर्थिक वर्ष ०७१/७२ मा एक लाख ३३ हजार मूल्य बराबरको मदिराजन्य पदार्थ बरामद गरी नष्ट गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा भन्दा गत आवमा अवैध रुपमा मदिराजन्य पदार्थ बढी भित्रिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

अघिल्लो आवमा प्रहरीले रु एक लाख २५ हजार मूल्य बराबरको मदिराजन्य पदार्थ बरामद गरेको थियो ।

बरामद गरिएका मदिरा भन्सारमा दाखिला नहुने भएकाले प्रहरी, भन्सारका कर्मचारी, स्थानीयवासीको रोहवरमा नष्ट गरिने गरेको प्रहरी निरीक्षक पदम थपलियाले बताउनुभयो । रासस