
काठमाडौं, १७ भदौ । पछिल्लो समय नेपाली विद्यार्थीको गन्तव्य बन्न थालेका छन् विश्वका विभिन्न कलेजहरू । जहाँ शिक्षासँगै रोजगारी समेत पाइन्छ ।
त्यस्ता कलेज पुग्न नेपाली विद्यार्थी जस्तोसुकै प्रक्रिया गर्न तयार हुन्छन् । नेपाली विद्यार्थी शिक्षाभन्दा पनि रोजगारीलाई महत्व दिन्छन् किनकी अधिकांशको आर्थिक अवस्था कमजोर छ । त्यसकारण नेपाली विद्यार्थी अध्ययन भीसामा विश्वका विभिन्न देशहरूमा पुग्ने गरेका छन् ।
पछिल्लो समय छिमेकी देश भारतपनि नेपाली विद्यार्थीको गन्तव्य बन्न थालेको छ । विशेषगरी भारतको बैंग्लोर अहिले नेपाली विद्यार्थीको मुख्य केन्द्रविन्दु हो । जहाँ शिक्षाका अतिरिक्त रोजगारी अनिवार्य हुने गर्दछ ।
बैंग्लोरका एम एस रमैया, विआइटी, दयानन्द सागर, क्रिष्ट, आर आर नर्सिङ, आचार्यलगायतका कलेज अहिले नेपाली विद्यार्थीको रोजाई पर्न थालेका छन् । यी कलेजहरूमा अधिकांश नेपाली विद्यार्थीको बाहुल्यता रहेको तथ्याङ्कले पनि देखाउँछ ।
यी कलेजहरूमा नर्सिङ, इन्जिजियरिङ, स्टाफनर्सलगायतका विषयमा नेपालीहरू अध्ययनरत छन् । नेपालीबाट नर्सिङ पढ्न मात्रै ५० जनाभन्दा बढी विद्यार्थी जाने गरेको तथ्याङ्क पाइन्छ ।
यी कलेजहरूको नेपालको अधिकारी संस्था अनुपम एजुकेशनका अनुसार वैंग्लोरका दयानन्द सागर र एमएम रमैया कलेजमा नर्सिङ पढाइ हुने गर्दछ । ‘शान्त वातावरण अध्ययन अध्यापनका साथै नेपाली विद्यार्थीलाई विशेष छात्रवृतिसहित शिक्षासँगै रोजगारी ग्यारेण्टी कलेजले गरेको हुन्छ ।’ अनुपम एजुकेशनका सञ्चालक हरिश भण्डारीले भने ।
उनका अनुसार यी कलेजहरूमा नेपाली विद्यार्थीलाई विशेष प्राथमिकता दिइन्छ । भण्डारीका अनुसार एसियाकै टप यी कलेजहरूमा अध्ययन गर्न वर्षेनि नेपालबाट २ सयभन्दा बढी विद्यार्थी जाने गरेको तथ्याङक छ ।
शिक्षासँगै रोजगारीको सुविधा भएका यी कलेजमा शिक्षा शुल्क पनि युरोपका कलेजहरूभन्दा सस्तो रहेको छ । ‘हामीले विद्यार्थीलाई सस्तो शुल्कमा गुणस्तरीय शिक्षा र रोजगारीको ग्यारेण्टी गर्ने गर्छाै’ उनले भने ।















प्रतिक्रिया