१ कार्तिक २०८३, शनिबार

काठमाडौंमा भूकम्पको धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukamap-ktmकाठमाडौं, १३ भदौ । नेपालमा आइतबार बेलुका भूकम्पको धक्का महसुस भएको छ ।

साँझ ७ बजेर २ मिनेटमा काठमाडौं उपत्यका आसपास सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको ५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का काठमाडौ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवासहितका जिल्लामा महसुस भएको छ । यसअघि आइतबार बिहानै दुर्इवटा भूकम्पका धक्का महसुस भएका थिए ।