काठमाडौं, १३ भदौ । रियल बाटिसको पोष्टमा पाँच गोल प्रहार गर्दै स्पेनिस ला लिगामा रियल मड्रिडले पहिलो जित हात पारेको छ ।
पहिलो खेलमा गिजोनसँग बराबरीमा रोकिएको रियल मड्रिडले शनिबार रातिको आफ्नो दोस्रो खेलमा रियल बाटिसलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको हो । रियलका लागि घरेलु मैदानमा ग्यारेथ बेल र जेम्स रोड्रिग्वेजले समान दुई÷दुई गोल गरेपछि बाटिसमाथि फराकिलो जित हासिल गरेको हो ।
खेलमा रियलले दोस्रो मिनेटमा बेलको गोलबाट अग्रता लिएको थियो । ३९ औं मिनेटमा रेड्रिग्वेजले घरेलु टोलीको अग्रता दोब्बर पारे ।
दोस्रो हाफको सुरुमा नै करिम बेन्जिमाले गोल गरे भने ५० औं मिनेटमा रेड्रिग्वेजले व्यक्तिगत दोस्रो गोल गरे । ६० औं मिनेटमा रियल बाटिसले पेनाल्टी पाएको थियो । तर, रुवेन कास्ट्रोको प्रहार रियल मड्रिडका गोलरक्षक नाभासले रोकिदिए ।
खेलको अन्त्यतिर बेलले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल मड्रिड ५-० ले विजयी भयो ।















प्रतिक्रिया