३० आश्विन २०८३, शुक्रबार

भारतलाई यसरी हरायो नेपालले, बाइस वर्षपछि यु-१९ च्याम्पियन उपाधि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-football

काठमाडौँ, १२ भदौ । नेपालले पहिलोपटक आयोजना भएको उन्नाइस वर्षमुनिको साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताअन्तर्गतको उपाधि जितेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स्को मैदानमा आज भएको फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई नेपालले ट्राइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै पहिलो उपाधिमा कब्जा जमाएको हो ।

नेपालका अनन्त तामाङ निर्णायक प्यानल्टी गोलमा परिणत गरेका थिए भने नेपाली गोलरक्षक सोजित गुरुङले भारतका तर्फबाट मोहमुद्धिनले गरेको पहिलो प्रहार रोकेका थिए ।

त्यस्तै, नेपालका तर्फबाट सबै खेलाडीले गोल गर्ने क्रममा हेमन्त थापा मगर, सुनील बल, विश्वास श्रेष्ठ र डोना थापाले प्रहार चुकाएनन् ।
यसअघि आक्रामक खेल खेलेको नेपालका लागि तेज तामाङले ३१ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

Nepal-Indiaकर्नरमा आएको बलमा अनन्त तामाङले गरेको हेड भारतीय गोलरक्षकले रोकेका थिए । तर, बाउन्स भएको बलमा तेज तामाङले गोल गरेका हुन् । त्यसअघि अन्जन विष्टको प्रहार भारतीय गोल रक्षकले मुस्किलले बचाएपछि नेपालले कर्नर पाएको थियो ।

खेल सकिन करिब ७ मिनेट बाँकी रहँदा नेपालमा रक्षकको गल्तीको फाइदा उठाउँदै भारतले प्यानन्टी पायो । त्यसलाई सहवाजले गोल गर्दै भारतलाई खेलमा फर्काए ।

चिरपरिचित प्रतिद्वन्द्वी भारतको आजको प्रतिस्पर्धा हेर्न नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, युवा तथा खेलकुद मन्त्री पुरुषेत्तम पौडेल, एन्फाका अध्यक्ष गणेश थापालगायतको उपस्थिति रहेको थियो । रासस