काठमाडौँ, १२ भदौ । उन्नाइस वर्षमुनिको पहिलो साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार नेपालले भारतको सामना गर्दै छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा आज दिउँसो साढे तीन बजेपछि हुने खेलमा नेपाली टोली पूर्ण तयारीका साथ मैदानमा उत्रिदैछ ।
सेमिफाइनल खेलमा अफगानिस्तानलाई ३-२ गोलअन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको थियो । भने बङ्गलादेशलाई सडन डेथमा ४-३ गोलअन्तरले पराजित गर्दै भारत फाइनलमा पुगेको थियो । समूह ए को विजेता नेपालले समूह बी को विजेता भारतसँग आज फाइनल खेल्न लागेको हो ।
नेपालले समूह चरणको खेलमा भुटान र बंगलादेशलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो भने भारतले अफगानिस्तान र माल्दिभ्सलाई पाखा लगाउर्दै अघिल्लो चरणमा प्रवेश गरेको थियो ।
सार्कका छ राष्ट्रले भाग लिएको उक्त प्रतियोगितामा भुटान, माल्दिभ्स, बङ्गलादेश र अफगानिस्तान प्रतियोगिताबाट बाहिरिएका छन् ।















प्रतिक्रिया