२३ कार्तिक २०८३, सोमबार

आन्दोलनबाट गलेको मधेशी मोर्चाले आज सरकारलाई जवाफ पठाउँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

MAdheshi-Morchaकाठमाडौं, १२ भदौ । तराईका जिल्लाहरूमा विगत दुई सातादेखि निरन्तर बन्दलगायतका आन्दोलन गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वार्ताका लागि सरकारले पठाएको पत्रको आज औपचारिक जवाफ दिने तयारी गरेको छ ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोका अनुसार सरकारलाई आजै जवाफ पठाइनेछ । त्यसका लागि मधेशी मोर्चाको बैठक सर्लाहीमा बस्दैछ ।

संविधानका विषय र संघीय राज्यको सिमाङ्कनमा असन्तुष्टि जनाएको मधेशी मोर्चा प्रमुख चार दलको निर्णयविरुद्ध आन्दोलित छ ।

यसअघि शुक्रबार सरकारलाई जवाफ पठाउने भनिए पनि मधेशी मोर्चाको सर्लाहीको कार्यक्रमका कारण नेताहरूको व्यस्तताले बैठक बस्न सकेको थिएन ।

अहिले केही समयपछि बस्ने बैठकले पूर्वशर्तसहित मधेशी मोर्चाले वार्ताका लागि पत्रको जवाफ पठाउने अध्यक्ष महतोले बताउनुभयो ।

मोर्चाले तराईका जिल्लामा परिचालित सेना फिर्ता गर्नुपर्ने, विगतमा भएका सहमति कार्यान्वयनलगायतका दर्जन विषय अघि सार्ने बुझिएको छ ।