२३ कार्तिक २०८३, सोमबार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ४०७ जनालाई कारबाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ४०७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

सोमबर बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ ९मापसे० सेवन गरी सवारी चलाउने १००, सिसिटिभिमार्फत २५, रातोबत्तीमा १२ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १०५, हर्न निषेधमा ४, अवस्था ठिक नभएको ८ जना र अन्यमा १९ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।