काठमाडौं, १० भदौ । यू-१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा अफगानिस्तानलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको सेमिफाइनल खेलमा अफगानिस्तानलाई ३-२ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । खेलमा सुनिल बलको कर्नरमा अन्जन विष्टले हेड गोल गर्दा नेपालले ३४ औं मिनेटमा अग्रता लिएको थियो ।
दुई मिनेट लगतै अन्जनले पेनाल्टीमार्फत दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । उनले पहिलो पटक बल प्रहार गर्दा अन्य खेलाडी अघि बढेको भन्दै रेफ्रीले फेरि पेनाल्टी हान्न लगाएका थिए ।
दोस्रो हाफको सुरुमा नै नेपालविरुद्ध अफगानिस्तानले गोल हान्यो । नेपालका अन्जनले बल क्लियर गर्ने क्रममा आत्मघाती गोल गरे । तर, सुनिल बलले उत्कृष्ट फ्रि किक गोल गर्दै नेपाललाई ३–१ को अग्रता दिलाएका छन् । खेलको अन्तिम ७२ औं मिनेटमा नेपालले दोस्रो गोल खाएको थियो । अब नेपालले समूह ‘बी’ विजेतासँग फाइनलमा भिड्ने छ ।















प्रतिक्रिया