काठमाडौं, ४ असार । उपप्रधान एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले मुलुकमा राजनीतिक स्थायित्व अनिर्वाय भएको बताएका छन् ।
ललितपुरमा आज पहिलो ब्लड बैँकको उदघाटन गर्ने क्रममा मन्त्री सिंहले नयाँ संविधान जारी भएपछि मात्रै राजनीतिक स्थायित्व आउने बताए । ‘मुलुकलाई निकास दिन राजनीतिक स्थायित्व अनिर्वाय छ’, उनले भने, ‘त्यसका लागि सहमतिको दस्तावेज नयाँ संविधान जारी गर्नैपर्छ ।’
मन्त्री सिंहले दलहरूले आफ्ना मतभेदहरू भुलेर नयाँ राजनीतिक सहमतिको थालनी गर्नुपर्ने बताए । ‘शान्ति प्रक्रियाबाट मुलुक अगाडि आएको छ’, उनले भने, ‘अव मुलुकमा विकासलाई तीब्रता दिनुपर्छ ।’
यसैबीच, ललितपुरमा विभिन्न सहयोगी संस्थाहरूको सहयोगमा ब्लड बैंक स्थापना भएको हो । कोरियामा रहेको रोटरी हर्ट फाउण्डेसन क्लवको एक लाख ९२ अमेरिकी डलर
बराबरका सामग्री अन्य विभिन्न संघसंस्थाहरूको सहयोगमा ब्लड बैंक स्थापना भएको हो ।
सामाजिक संघ संस्थाहरूको सहयोगप्रति पनि मन्त्री सिंहले आभाव व्यक्त गरेका थिए ।















प्रतिक्रिया