२१ कार्तिक २०८३, शनिबार

टीकापुर घटनाका घाइते हवल्दारको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kailali-jhadapकाठमाडौँ, १० भदौ । गत सोमबार टीकापुर घटनामा घाइते भएका नेपाल प्रहरीका हवल्दार जनक नेगीको उपचारका क्रममा काठमाडौँमा निधन भएको छ । यससंगै टिकापुर घटनामा मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ ।

नेपाल प्रहरीको महाराजगञ्जस्थित अस्पतालमा हवल्दार नेगीको उपचारको क्रममा आज राति २ बजे निधन भएको प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक कमलसिंह बमले राससलाई जानकारी दिनुभयो ।

सेती अञ्चल प्रहरी कार्यालय गुल्ममा कार्यरत हवल्दार नेगी सोमबार कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारीको आक्रमणबाट गम्भीर घाइते हुनुभएको थियो । कञ्चनपुरको झलारी घर भएका नेगीको पार्थिव शरीर आजै उहाँको गृहनगर पु¥याइने प्रवक्ता बमले बताउनुभयो ।

यसअघि टीकापुरमा सीमाङ्कनको विषयलाई लिएर आन्दोलनकारीले निषेधाज्ञा तोडी अघि बढ्दा भएको झडपमा परी सात प्रहरी र एक नाबालकको ज्यान गएको थियो । रासस