काठमाडौं, ९ भदौ । नेपाली कांग्रेसका सभासद् तथा युवा नेता गगन थापाले नयाँ संविधानका विवादित विषयलाई समाधान हुनेगरी सबैलाई मान्य हुने संविधान जारी गर्न नयाँ प्रस्ताव ल्याएका छन् ।
संविधानसभाको आजको बैठकमा बोल्दै नेता थापाले सबैलाई मान्य हुने नयाँ संविधान जारी गर्न नयाँ प्रस्ताव सार्वजनिक गरेका हुन् ।
यस्ता छन् गगनका प्रस्तावः
– जननेता बिपी कोइरालाको सपना यो संविधानसभाले पूरा गर्ने अपेक्षा गर्दै धर्म, भाषा, लिङ्ग र समुदायको विभेद सच्याउनुपर्ने
– सङ्घीयतामा अधिकारको बाँडफाँड असमान भएकाले सुधार गर्नुपर्ने
– सङ्घीयताको सीमाङ्कनमा व्यवहारिकता अपनाउनुपर्ने आठ प्रदेश, छ प्रदेश र सात प्रदेशको खाकाले जनतामा भ्रम उत्पन्न गराउने काम गर्न नहुने
– प्रदेशको सीमाङ्कन नै सङ्घीयता हो भन्ने भ्रम हटाउन राजनीतिक समाधान खोजिनुपर्ने
– देशभर भएका आन्दोलनलाई संविधानसभाले सम्बोधन गर्नुपर्ने
– आन्दोलनका नाममा भएका अपराधलाई छुट दिन नहुने
– मानवताविरुद्धको अपराध गर्ने व्यक्ति जुनसुकै जात धर्म र वर्गको भए पनि छुटाउन नहुने लगायत।












प्रतिक्रिया