२१ कार्तिक २०८३, शनिबार

थारुले दाङमा गाविस र एउटा वडा कार्यालय यसरी कब्जामा लिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gangaparaspur ga bi sa dang

देउखुरी, ९ भदौ । दाङको देउखरीमा निषेधित क्षेत्रमा विरोधसभा गर्न नपाएको थरुहट, थारुवान संयुक्त संघर्ष समितिले निषेधित क्षेत्र बाहिरका दुई स्थानमा बिरोध सभा सम्पन्न गरेको छ ।

लमही र बनगाउँमा सभा गर्ने तयारी गरिए पनि निषेधित क्षेत्रका कारणले सम्भव नभएपछि गंगापरस्पुर र सिसहनियाँ गाविसको भित्री गाउँमा विरोध सभा सम्पन्न गरेको हो ।

स्थानीय निकाय गंगापरस्पुर गाविस कार्यालय र लमही नगरपालिकाको वडा कार्यालय सोनपुरमा ‘थरुहट स्वायत्त राज्य परिषद्’ नामाकरण गरिएको छ ।

थारु आन्दोलनकारीले ती दुई गाविसका कार्यालयरू आफ्नो नियन्त्रणमा लिएर थरुहट स्वायत्त राज्य परिषद् नामाकरण गरी साइन बोर्ड राखेका हुन् ।

सरकारी कार्यालयमा वोर्ड झुण्ड्याउने कार्यक्रमअन्र्तगत गाविस कार्यालय र नगरपालिकाको वडा कार्यालयमा नामाकरण गरिएकोे थारु कल्याण कारिणी सभा क्षेत्र नं. १ का सभापति हीरालाल चौधरीले जानकारी दिनुभयो । थरुहटका कार्यकर्ताले गंगापरस्पुरको परस्पुर गाउँमा विरोध सभा पनि गरेका छन् ।

त्यसैगरी सिसहनिया–८ पत्थरगढवामा आज (बुधबार) विरोध सभाको भएको छ । राजमार्गदेखि दुई किलोमिटरभित्र गाउँमा सभा गरिएको हो ।

जिल्ला प्रसासन कार्यालय दाङले लमही नगरपालिका पूरै र पूर्वपश्चिम महेन्द्र राजमार्गको पश्चिममा अमेलियादेखि पूर्वमा धानखोलासम्म सडकको दुबै किनारको एक/एक किलोमिटर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

पत्थरगढवामा भएको विरोध सभा थारु कल्याण कारिणी सभा दाङका जिल्ला उपसभापति नन्दकुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा सभासद योगेन्द्र चौधरी, गंगा चौधरी, थारु कल्याण कारिणी सभाका केन्द्रीय सल्लाहकार कमलनारायण चौधरीले आफ्ना हकअधिकार प्राप्तिका लागि भैरहेको आन्दोलनलाई थप उचाइमा पु¥याउन सशक्त बनाउने बताए । लमहीमा गर्ने भनिएको आमसभा स्थगित गरेर गाउँमा कार्यक्रम गरिएको हो ।

प्रहरीले अवरोध गरेपछि आमसभा गर्न नसकिएको थरुहट, थारुवान संयक्त संघर्ष समितिले जनाएको हो । प्रहरीको अवरोधका कारण आमसभा गर्न नसकिएको सभासद योगेन्द्र चौधरीले जानकारी दिनुभयो ।

‘लमहीमा आमसभा गर्ने पूर्व तयारी थियो । लमहीमा कार्यक्रम गर्न नसकिने भएपछि संघर्ष समितिले राजमार्गदेखि डेढ किलोमिटरभित्र बनगाउँमा कार्यक्रम गरेका हौँ’, उहाँले भन्नुभयो ।

त्यहाँ पनि प्रहरीले कार्यक्रममा उपस्थित हुन हिँडेका थारु कार्यकर्तालाई बिचबाटो बाटै फर्काएको थियो । कार्यक्रममा अनिवार्य उपस्थित हुन गाउँमा खबर गरिएको थियो ।

दुई सय ५० जना सुरक्षाकर्मी सम्भावित खतरालाई रोक्न परिचालन भएका थिए । लमही प्रवेश गर्ने चारै क्षेत्रमा सुरक्षाकर्मीको बाख्लो उपस्थिति थियो । पूर्वमा नर्ती, दक्षिणमा राप्ती पुल, पश्चिममा सतवरिया र उत्तरमा अर्जुनखोलामा प्रहरीको उपस्थिति थियो ।

गढवा क्षेत्रबाट कार्यक्रम स्थलमा आउँदै गरेका संयुक्त संघर्ष समितिका नेता तथा कार्यकर्तालाई राप्ती पुलमा रोकिएको थियो ।

प्रहरीले शान्तिपूर्ण कार्यक्रम गर्न नदिएको आरोप सभासद चौधरीले लगाउनु भयो । प्रहरीले कार्यक्रम आयोजना गर्न नदिएकोप्रति चौधरीले खेद् प्रकट गर्नुभयो ।