१ कार्तिक २०८३, शनिबार

एकै रातमा बयालीस जना बेहोस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahotaari-jilla-final10गौशाला, ४ असार । अत्यधिक गर्मीका कारण जिल्ला अस्पताल जलेश्वरमा एकै रातमा ४२ जना बेहोस भएका बिरामी उपचारका लागि ल्याएका छन् ।

दिनदिनै बढ्दै गएको गर्मी मंगलबार राति असहनीय रुप लिएपछि विभिन्न गाउँबाट महिला तथा पुरुष गरी ४२ जना उपचारका लागि ल्याएको सो अस्पतालले जनाएको छ ।

गर्मीका कारण आ–आफ्नै घरमा अचेत हुन पुगेका महिला तथा पुरुषहरूलाई परिवारजनले उपचारका लागि ल्याएका सबैलाई अस्पतालमा स्लाइन पानी चलाइरहेको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् ।

उपचारका लागि अस्पताल पुगेकामध्ये अधिकांश वृद्धवृद्धा रहेका छन् भने बालबालिका र वयस्कहरू पनि गर्मीबाट प्रभावित भएर अस्पताल पुग्ने गरेको अस्पताल स्रोतले बताएको छ ।

असहनीय गर्मीका कारण जिल्लावासीमा पेट दुख्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, छाला चिलाउने, बान्ता हुने र अचेत हुनेजस्ता लक्षण देखापर्ने गरेको अस्पतालका चिकित्सकहरू बताउँछन् ।

नेपाल विद्युत् प्राधिकरण महोत्तरी शाखाले जिल्लामा कृत्रिम रूपमा विद्युत् अभाव सृजना गरेर गर्मीलाई झन् बढावा दिएपछि दिनभरि र रातिको बेला पनि कहिले रातभरि त कहिले पटकपटक विद्युत् सेवा बन्द गर्नाले जिल्लावासी बिरामी हुने क्रम बढेको छ ।

विद्युत् प्राधिकरण शाखा जलेश्वरले अलिकति हावाहुरी चल्दा पनि प्रायः १२ घण्टासम्मको लागि विद्युत् अवरुद्ध गर्ने गरेको छ भने रातिको बेला विद्युत् खराब भएमा कुनै पनि सर्तमा बनाउँदैन र भारतमा गडबडी भएको बताउँदै पन्छिने गरेको स्थानीयवासीको गुनासो छ ।