काठमाडौं, ९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले निषेधको राजनीति त्यागरेर आन्दोलनरत सबै पक्षको माग सम्वाद र सहमतिबाट खोज्न आग्रह गर्नुभएको छ ।
अध्यक्ष थापाले विज्ञप्ति जारी गरेर वार्ता र सहमतिलाई जोड दिनुभएको हो । ‘निषेधको राजनीति परित्याग गरी आन्दोलनरत सबै पक्षहरूसँग सम्वाद प्रारम्भ गर्न, जनताको सुरक्षा गरी मुलुकमा तत्काल शान्ति सुरक्षा बहाल गर्न तथा टीकापुर घटनाको विषयमा अविलम्व छानविन आयोग गठन गर्नुपर्छ’, विज्ञप्तिमा भनिएको छ ।
संविधान निर्माणको क्रममा केही सीमित नेताहरूको अहम, अदुरदर्शिता र सत्ता स्वार्थको कारणले गर्दा अहिले जनता असन्तुष्ट, आक्रोशित र सिङ्गो देश आन्दोति हुन पुगेको राप्रपा नेपालले जनाएको छ ।
राप्रपा नेपालले यस्तो अवस्थाको अन्त्य गरी सबै राजनीतिक शक्ति, वर्ग र क्षेत्रको आवाजलाई सम्बोधन गर्ने तथा सबै नेपालीले अपनत्व महशुस गर्ने गरी यथाशाक्य चाँडो संविधान निर्माण गर्ने कार्यमा संयम र विवेकले काम गर्न समेत आग्रह गरेको छ ।












प्रतिक्रिया