२१ कार्तिक २०८३, शनिबार

अमरेश आफू भने प्रहरीको सुरक्षा घेराभित्र यसरी हिँड्छन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Amresh Kumar Singhकाठमाडौं, ९ भदौ । नेपाली कांग्रेसका सभासद अमरेशकुमार सिंह अहिले चर्चामा छन् । पार्टीको नीति विपरित गएर अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण खाएका अमरेश सुध्रिने कुनै संकेत देखाउँदैनन् ।

आजकाल उनको उठबस, भेटघाट राजेन्द्र महतो, उपेन्द्र यादव, रेशम चौधरी आदिसँग हुने गरेको छ । अमरेश रामजेन्द्र महतोका कार्यक्रमहरूमा बाक्लै देखिने गर्छन् । उनलाई कांग्रेसका कार्यक्रमभन्दा पनि मधेश केन्द्रित दलहरूले गर्ने कार्यक्रम प्यारो लाग्छ ।

यतिसम्म की अमरेशले तराई टुक्रिन सक्छ भनेर दिएको अभिव्यक्तिको संसदमा कुरा उठिसकेको छ । तर उनलाई कुनै कारबाही भएको छैन । जिम्मेवार पदमा रहेका अमरेशको यो कार्यलाई अदृश्य शक्तिले साथ दिएको भन्नेहरू संविधानसभामा भेटिन्छन् ।

अमरेशलाई केही दिनअघि राजेन्द्र महतोको पार्टीका नेता रेशम चौधरीले कैलाली लगेर गएका हुन् । कैलालीमा अमरेश, राजेन्द्र र उपेन्द्रको विरोध पनि भएको थियो । विरोध भएपछि उनीहरूले साम्प्रदायिक सद्भाव भड्कने खालको अभिव्यक्ति दिएका थिए ।

उनीहरूले दिएको अभिव्यक्तिको अडियो सरकारले संसदमा बुझइसकेको पनि छ । तर कारबाही हुन सकेको छैन । उल्टै अमरेश, राजेन्द्र र उपेन्द्रले सक्छौ भने कारबाही गर भनेर संसदीय समिति र सरकारलाई चुनौति नै दिएका छन् ।

मधेशीको अधिकारका नाममा साम्प्रदायिकता भड्काएको आरोप खेप्दै आएका अमरेश भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको घेराभित्र हिँड्छन् ।

सुरक्षाको खतरा छ भन्दै शान्ति सुरक्ष माग गरेपछि अमरेशले आधा दर्जन सुरक्षाकर्मी पाएका हुन् । उनको सुरक्षामा चौवीसैघन्टा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिने गरेको स्रोतले जनाएको छ ।

आफू भने सुरक्षा घेराभित्र हिँड्ने अमरेश सर्वसाधारण जनतालाई अधिकारका लागि हतियार लिएर सडकमा आउभन्छन् । उनी आफू भने ती आन्दोलनको अग्रमोर्चामा कहिल्यै देखिदैनन् र गएका पनि छैनन् ।

आफू भारतीय पक्षको नजिकको नेता भनेर गौरवका साथ बताउने गरेका अमरेश एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्नै सक्दैनन् भनेर अभिव्यक्ति पनि दिने गरेका छन् । उनको यो भनाइको एमालेमा बिरोध पनि भइसकेको छ ।