१३ मंसिर २०८३, आइतबार

आज देशभरको मौसम मुख्यतया सफा रहने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

महाशाखाका अनुसार देशको हिमाली र पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । तराई भू–भागका थोरै स्थानमा हुस्सु/तुवाँलो लागेको छ ।

आज दिउँसो देशको हिमाली क्षेत्रमा साथै कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । देशको हिमाली भू–भागको एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

त्यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्र तथा लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।