काठमाडौं । नेपाली चलचित्र ‘लुसु’को छायांकन लमजुङबाट सुरु भएको छ ।
जातीय विभेदका कारण प्रेम सम्बन्धमा आइपर्ने सामाजिक अवरोध र त्यसले पार्ने प्रभावलाई मुख्य कथावस्तु बनाइएको चलचित्रको छायांकन लमजुङबाट थालिएको हो ।
फिल्म निर्देशनका लागि निर्देशक नवराज श्रेष्ठ अमेरिकाबाट नेपाल आएका छन् ।
साहित्यकार पदम विश्वकर्माको कथामा निर्माण भइरहेको फिल्मले प्रेममा उत्पन्न हुने संघर्ष, सामाजिक अवरोध र त्यसले व्यक्तिगत जीवन तथा सम्बन्धमा पार्ने प्रभावलाई चित्रण गर्नेछ ।
प्रेममा आउने बाधा र त्यसले व्यक्तिको जीवनमा पार्ने प्रभावलाई फिल्ममार्फत सशक्त रूपमा उठान गरिने निर्माता शेखर लामाले बताए ।
सामाजिक विषयवस्तुलाई मनोरञ्जनसँगै दर्शकमाझ प्रस्तुत गर्ने लक्ष्य फिल्मले राखेको छ ।
फिल्मको लेखन सविन अधिकारी र बसन्त न्यौपानेले गरेका छन् । फिल्ममा मन्जिल कुमार, आश्विनी शाही, कमलमणि नेपाल, रविन्द्र खड्का, रेजिना उप्रेती, तलिसा गुरुङ र जुनु रिमाल लगायत कलाकारको अभिनय रहनेछ ।











प्रतिक्रिया