३० आश्विन २०८३, शुक्रबार

एयर फोर्सको विमान काश्मिरमा दुर्घटनाग्रस्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indian-airforce-palneनयाँदिल्ली, ८ भदौ । भारतीय वायु सेनाको सानो विमान सोमबार भारत प्रशासित काश्मिरमा दुर्घटनाग्रस्त भएको छ ।

इन्डियन एयर फोर्स (आइएएफ) को एमआइजी विमान भारत प्रशासित काश्मिरको एक धान खेतमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

काश्मिरको बड्गाम जिल्लाको सोइबगमा सो विमान खसेको हो । त्यसतर्फ उद्वार टोली पुगिसकेको जनाइएको छ । घटनास्थलमा प्रहरी पुगिसकेको समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा