काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।
केही दिनदेखि लगातार घटेको सुनको भाउ आज सामान्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ४२ हजार आठ रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार सुन प्रतितोला दुई लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज १० ग्राम सुनको मूल्य २ लाख ८ हजार १६० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको भाउ तोलाको तीन हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।











प्रतिक्रिया