काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ ।
केही साता लगातार घटेको सुनको भाउ आज तोलामा सुनको मूल्य ४ हजार ८ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला दुई लाख ४७ हजार चार सय रुपैयाँ तय गरेको छ । आइतबार तोलामा दुई लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ तोलामा ४५ रुपैयाँ बढेको छ । महासंघले आजका लागि चाँदीको भाउ प्रतितोला ३ हजार ११० रुपैयाँ तय गरेको छ । आइतबार तीन हजार ६५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।











प्रतिक्रिया