७ मंसिर २०८३, सोमबार

प्रधानमन्त्री बालेन महात्मा गान्धीको समाधिस्थल राजघाटमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन साहले राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका छन् ।

साहले नयाँ दिल्लीको राजघाट पुगेर गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

यसअघि राष्ट्रपति भवनमा आयोजित समारोहमा भारतीय प्रधानमन्त्री मोदीले उनलाई स्वागत गरेका थिए ।

मोदीले औपचारिक रूपमा स्वागत गरेसँगै प्रधानमन्त्री साहलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको थियो ।

भारतीय सेनाको एक टुकडीले उनलाई ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो ।