४ मंसिर २०८३, शुक्रबार

चोरीको मोटरसाइकलसहित बिहारमा नेपाली युवक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । बाराको कचोर्वा नाकासँग जोडिएको भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्ला झरौखर क्षेत्रमा चोरीको मोटरसाइकलसहित एक नेपाली युवक पक्राउ परेका छन् ।

भारतीय प्रहरीका अनुसार पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–६ अमरपट्टीका अन्दाजी २०–२२ वर्षीय रेन्जस राय यादव रहेका छन् ।

बिहीबार भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर सीमावर्ती भारतीय क्षेत्रमा पुगेका यादवलाई विशेष सूचनाका आधारमा झरौखर थाना प्रहरीले जाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो ।

प्रहरीले सघन जाँच गर्ने क्रममा उनले प्रयोग गरिरहेको मोटरसाइकल केही समयअघि भारतीय क्षेत्रबाट चोरी भएको पुष्टि भएपछि उनलाई पक्राउ गरेको जनाएको छ ।

यस घटनामा झरौखर थानामा काण्ड संख्या १६२/२६ अन्तर्गत मुद्दा दर्ता गरी पक्राउ परेका युवकविरुद्ध थप कानुनी कारबाही अघि बढाइएको भारतीय प्रहरीले जनाएको छ ।