४ मंसिर २०८३, शुक्रबार

रुवीभ्यालीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु : ७ घाइते, उद्धारमा कठिनाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ । धादिङको उत्तरी क्षेत्रमा पर्ने रुवीभ्याली गाउँपालिका–४ बोराङस्थिय बतासे फेदीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

बतासे दोभानमा एकादसी मेलाको पूजा गरेर लापातर्फ फर्किने क्रममा दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको हो ।

रुवीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिं तामाङका अनुसार दुर्घटनामा सात जना घाइते भएका छन् । २ जनाको अवस्था गम्भीर छ ।

घटनास्थल दुर्गम गाउँमा पर्ने र वरपर मोबाइल नेटवर्क समेत नचल्ने भएकाले उद्धारमा पनि कठिनाई भएको छ ।

राति करिब २ बजे अगाडि नै दुर्घटना भए पनि घाइतेलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन समस्या परेकोले नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धारको प्रयास भइरहेको अध्यक्ष तामाङले जानकारी दिए ।