काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् ।
मलेसिया श्रमिक पठाउँदा भएको ठगी प्रकरणमा प्रकाउ पुर्जी जारी भएका अर्याललाई नेपाल प्रहरीको साइबर ब्यूरो (सीआईबी)ले शुक्रबार बिहान नियन्त्रणमा लिएको प्रहरीको उच्च स्रोतले जानकारी दियो ।
अर्याललाई कहाँबाट नियन्त्रणमा लिएको भन्नेबारे सीआईबीले औपचारिक रूपमा जानकारी दिएको छैन ।
सीआईबीले नेपाल र मलेसिया सरकारबीच भएको श्रम सम्झौता विपरीत श्रमिकबाट गैरकानुनी रूपमा रकम संकलन गरेर मलेसिया पठाएको आरोप लगाई दुई पूर्वमन्त्रीसहित ६ जनालाई बुधबार पक्राउ गरेको थियो । सोही प्रकरणमा अर्यालमाथि छानबिन गर्न प्रहरीले बुधबार नै पुर्जी लिएको थियो ।












प्रतिक्रिया