काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी डा. ईशान पाण्डे अभिवादन एक्सपिडिसन होलिडेज प्रालिको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् ।
काठमाडौंको नयाँबजारस्थित होटल जी रामायणमा बुधबार आयोजित कार्यक्रममा अभिवादन एक्सपिडिसन होलिडेज र डा. पाण्डेबीच प्रायोजन सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतामा अभिवादन एक्सपिडिसन होलिडेजका अध्यक्ष डा. उमेश गुप्ता र डा. ईशान पाण्डेले हस्ताक्षर गरेका छन् । कार्यक्रममा सञ्चारकर्मी तथा अतिथिहरूको उपस्थिति थियो ।
ब्रान्ड एम्बेसडरका रूपमा डा। पाण्डेले कम्पनीका ब्रान्ड अभियान तथा प्रचारात्मक गतिविधिमा प्रतिनिधित्व गर्नेछन् । नेपाली क्रिकेट र नेपालको पर्यटन क्षेत्रलाई एकसाथ प्रवद्र्धन गर्ने उद्देश्यले साझेदारी गरिएको कम्पनीले जनाएको छ ।
अभिवादन एक्सपिडिसन होलिडेजका अध्यक्ष डा. उमेश गुप्ताले कम्पनीले २७ वर्षभन्दा लामो समयदेखि नेपाल तथा क्षेत्रका विभिन्न गन्तव्यमा पर्यटकलाई सेवा दिँदै आएको बताए । उनले डा. पाण्डेको अनुशासन, ऊर्जा र राष्ट्रिय पहिचानले कम्पनीको ब्रान्डलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।
त्यस्तै, डा. ईशान पाण्डेले अभिवादन एक्सपिडिसन होलिडेजको ब्रान्ड एम्बेसडर बन्न पाउँदा खुसी लागेको बताए । नेपालमा पर्यटकका लागि धेरै सम्भावना रहेको उल्लेख गर्दै उनले नेपालको पर्यटनलाई विश्वभर चिनाउन सहयोग गर्ने बताए ।
काठमाडौंमा मुख्यालय रहेको अभिवादन एक्सपिडिसन होलिडेजले नेपाल, भुटान र बंगलादेशमा पर्यटनसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।












प्रतिक्रिया