
काठमाडौं, ७ भदौ । पहिलो साफ यु–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा बंगलादेशलाई २-१ले हराउँदै नेपाल समूह विजेता बनेको छ ।
अखिल नेपाल फुटबल संघ एन्फा कम्पलेक्स सातदोबाटोमा जारी खेलमा बंगलादेशका रोहित सरकारले ११ औं मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको १८औं नेपालका अन्जन बिष्टले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
खेलमा इन्जुरी समयको तेस्रो मिनेटमा नेपालले प्रहार गरेको ‘फ्री किक’ मा बंगलादेशले सुसाइड गोल गरेपछि नेपाल २-१ले विजयी भएको हो । बंगलादेशका तुतुल बादशाहले आफ्नै पोष्टमा गोल गरेका थिए ।
नेपालसँग पराजित भएपछि बंगलादेश उपविजेताका रुपमा सेमिफाइनल पुगिसकेको छ । सेमिफाइनल अब नेपालले समूह बीको उपबिजेतासँग खेल्ने छ भने बंगलादेशले समूह बीको विजेतासँग खेल्नेछ ।















प्रतिक्रिया