काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमालेमाथि धम्कीपूर्ण व्यवहार गरिरहेका भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । बुधबार राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले एमाले कसैको दयामाया, कृपाले बाँचेको पार्टी नभइ लडेर आएको पार्टी भएको स्पष्ट पारेका हुन् ।
अहिले नयाँ प्रहरी प्रमुखले केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गर्ने धम्की दिइरहेको पनि उनले बताए । आफूहरू राणा शासनकाविरूद्व, पञ्चायति शासनका विरूद्व र निरंकुश राजतन्त्रकाविरूद्व लडेर आएका पार्टी भएको स्मरण गराउँदै उनले पक्राउ गर्ने भन्दै ठट्टा नगर्न चेतावनी दिए ।
उनले भने,’आईजीपी आईजीपी हुने बित्तिकै होस्मा होकी बेहोसमा हो, बोलेको सुन्छु म केपी ओलीलाई थुनिदिन्छु, शेरबहादुरलाई थुनिदिन्छु, प्रचण्डलाई थुनिदिन्छु । केपी ओली, शेरबहादुर र प्रचण्ड भनेका मजाकका पात्र हुन् ? हामी राणा शासनका विरूद्व लडेर आएका हौँ, पञ्चायति शासनका विरूद्व लडेर आएका हौँ, निरंकुश राजतन्त्रकाविरूद्व लडेर आएका हौँ । अनि ६ महिनाको जागिर खाने एउटा सिपाहीले भन्छ फलानोलाई थुन्दिन्छु । ठट्टा मजाक गरेको हो ? तिनि जन्मिनुभन्दा अघि देखि हामी देशका लागि आन्दोलनमा ज्यानको बाजी थापेर हिँडिराखेका छौँ । मजाक गर्ने हामी माथि ? एमाले यस्ता हावादारी कुराबाट हल्लिनेवाला छैन । एमाले दयामाया, कृपाले बाँचेको पार्टी होइन । संघर्षको मैदानबाट आएर लडेर जितेर आएका हौँ । जनताको कृपाले सरकारमा गएका हौँ,’ ।












प्रतिक्रिया