काठमाडौं । दुई किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
मंगलबार मध्यराति १ बजेर २५ मिनेटमा हङकङबाट नेपाल वायु सेवा निगमको उडान नं. आरए४१०मार्फत नेपाल आएका चीनको जिलिन प्रान्तका जियानह्वा वाङ सुनसहित पक्राउ परेका हुन् ।
उनले मलद्वारमा एक किलो ८०३.७७ ग्राम सुन लुकाएर ल्याएका थिए ।
पक्राउ परेका चिनियाँ नागरिकलाई अनुसन्धानका लागि त्रिभुवन विमानस्थलको गौचरस्थित भन्सार कार्यालयमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।












प्रतिक्रिया