१ मंसिर २०८३, मंगलबार

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ।

मंगलबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी फाइनलमा पुगेको हो।

जितका लागि पाएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। जसमा निरोशन डिक्वेलाले ५९ रन जोडे ।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १०५ रन बनायो । जसमा कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकी पारी खेल्दै ५२ र इशान पाण्डेयले २७ रनको योगदान गरे। लुम्बिनीका शेर मल्ल र रूबेल ट्रम्पलमेनले २/२ विकेट लिए ।

पराजित भएको सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्न पाउनेछ । इलिमिनेटरमा भोलि काठमाण्डौ गोर्खाज र चितवन राइनोज खेल्नेछन् ।

फाइनल खेल मंसिर ५ गते हुनेछ ।