काठमाडौं । सहकारी ठगी कसुरमा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई आठ वर्षको जेल फैसला भएको छ । जिल्ला अदालत कास्कीले उनलाई सजाय तोकेको हो ।
पोखरास्थित इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्षसमेत रहेका नेपालीलाई अदालतले १ करोड २६ लाख रुपैयाँ जरिवाना तिर्नसमेत आदेश दिएको छ।
यस्तै न्यायाधीश चन्द्रप्रकाशको एकल इजलासले सहकारीका अर्का सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही ७ वर्ष कैद र १ करोड २६ लाख रुपैयाँ जरिवाना तोकेको छ भने सहकारीका सञ्चालक निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही ६ वर्ष कैद र १ करोड २६ लाख रुपैयाँ जरिवाना हुने फैसला भएको छ।












प्रतिक्रिया